दरमखोला, सागर डिष्टिलरी र भूगोल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैभन्दा बढी दरमखोला हाइड्रोपावर, सागर डिष्टिलरी र र भूगोल हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज नेप्से परिसूचक ५.५० अंकले घटेपनि यी तीन कम्पनीका लगानीकर्ताले भने ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

यससँगै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् आज २१ सय ७० रुपैयाँ ८० पैसाबाट ओपनीङ भएको यो कम्पनीको शेयर मूल्य १० प्रतिशतको गिरावट आएसँगै १९ सय ९५ रुपैयाँ ८० पैसामा गएर बन्द भएको छ ।

साथै, आज दिनभरिमा ३२७ कम्पनीको ४ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा बढी कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेको छ ।

आज यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।