६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

 ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ


बैंकिङ्ग समाचार, कााठमाडौं ।

सुन प्रकरणमा थप एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुन तस्करीमा संलग्न आरोपमा पाल्पाका गणेश पौडेल पक्राउ परेका हुन् । 

पौडेलसंगै पक्राउ पर्नेको संख्या २४ पुगेको छ । हङकङबाट तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । यस प्रकरणमा यसअघि २३ जना पक्राउ परिसकेका छन् ।