काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौँडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवा तास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। रूपन्देहीको बुटवल उपमहानगरपलिका– ९ कालिकानगरस्थित चौतारी रेष्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल नगरपालिका– ४ सुभमनगर बस्ने ५० वर्षीय शिवलाल सुबेदी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया