माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – माछापुच्छ्रे  बैंकले आजदेखि शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी गान्धी पण्डितको नाममा रहेको ९८ हजार ८ सय ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

बैंकले उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकतामा  बैंकको विद्यामान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

 इच्छुकले माछापुच्छ्रे  क्यापिटल लिमिटेड सुन्धारास्थित बागदरबार जे.डि.ए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या खुलाई आवेदन दिन सक्नेछन् ।