काठमाडौं – आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको ३५५ औं बैठकले निर्णयअनुसार आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा वितरण गरिने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया