बैकिङ्ग समाचार,काठमाडौं ।
नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुमध्ये करिब एक तिहाइ कर्मचारीको उमेर ३१ देखि ४० वर्ष रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मानव ससांधन व्यवस्थापन भन्ने अध्ययन प्रतिवेदमा सो उमेर समूहका कर्मचारी एक तिहाइ भएको देखिएको हो ।
राष्ट्र बैंकमा कुल १०८२ जना कर्मचारी कार्यरत छन् ।
राष्ट्र बैंकमा रहेका कर्मचारीमध्ये स्पेशल अफिसर तहका कर्मचारीको औसत उमेर ५२.०८ वर्ष छ । पहिलो तहका अफिसर तहका कर्मचारीको औसत उमेर ४७.२५ वर्ष , दोस्रो तहका अफिसर तहका कर्मचारीको औसत उमेर ४६.११ वर्ष, तेस्रो तहका अफिसर तहका कर्मचारीको औसत उमेर ३८.२५ वर्ष रहेको छ ।
यस्तै,असिस्टेन्ट प्रथमको औसत उमेर ३८.२ वर्ष, असिस्टेन्ट द्वितीय तहको कर्मचारीको औसत उमेर ३३.०३ वर्ष, असिस्टेन्ट तेस्रो तह कर्मचारीको औसत उमेर ५१.०१ वर्ष र ग्रेडिङ नभएको अन्य कर्मचारीको औसत उमेर ४९.८७ वर्ष रहेको छ ।
प्रतिक्रिया