काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडको खुद नाफा करिब ५ करोड रुपैयाँले घटेको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा भारी रकमले घटेको हो ।
कम्पनीकाअनुसार यस अवधिमा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा ९ करोड ४२ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड ७२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी २३ करोड ७० लाख रुपैयाँ थियो ।
त्यस्तै, यस वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) समेत घटेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको इपीएस १४ रुपैयाँ १६ पैसाले घटेको छ ।






About Us
प्रतिक्रिया