काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आगामी शुक्रबार (नोभेम्बर ७, २०२५) राति १०:०० बजेदेखि ११:५९ बजेसम्म आफ्नो बैंकिङ्ग प्रणाली स्तरवृद्धि (System Upgrade) गर्ने भएको छ।
बैंकले जारी गरेको सूचनाअनुसार सो अवधिमा मोबाइल बैंकिङ्ग, एटीएम, डेबिट कार्ड, रेमिट,आईपीएस, आईपीएस, आरटीएस लगायतका विद्युतिय भुक्तानी सेवाहरू अस्थायी रूपमा अवरुद्ध रहनेछन्।
तर, सो समयमा क्रेडिट कार्ड र प्रिपेड कार्ड सेवाहरू भने यथावत रूपमा सञ्चालनमा रहने बैंकले जनाएको छ। ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति सिद्धार्थ बैंकले क्षमा मागेकाे छ। साथै, यस सम्बन्धी थप जानकारीका लागि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।



About Us
प्रतिक्रिया