विश्वभर लगानीको उदीयमान र भरपर्दो क्षेत्र बन्दैछ ‘क्रिप्टो’


काठमाडौं – प्रविधिको बढ्दो प्रयोगसँगै विश्वव्यापीरुपमा आर्थिक क्षेत्र पनि ‘डिजिटलमय’ बनिरहेको छ। बजार, बैंक र व्यवसायका पारम्परिक स्वरूपलाई चुनौती दिँदै प्रविधिले नयाँ ढोका खोलिदिएको छ। यही डिजिटल यात्राको एउटा विशेष अध्याय हो, क्रिप्टोकरेन्सी। विगत केही वर्षयता ‘क्रिप्टो’ केवल प्राविधिक वा अर्थशास्त्रीहरूको मात्रै विषय रहेन। यो अब सर्वसाधारण, बहुराष्ट्रिय कम्पनीदेखि ठुला वित्तीय संस्थासम्मको चासोको केन्द्र बन्दै गएको छ। 

बिटक्वाइन, इथेरियम, डोजक्वाइन जस्ता नाममा अब केवल आईटी सम्मेलनमा मात्र होइन, दैनिक सञ्चारमाध्यम र लगानी बैठकहरूमा पनि बारम्बार सुनिन थालेका छन्। विश्व बजारमा सन् २००९ मा पहिलो पटक चर्चामा आएको बिटक्वाइन नै पहिलो क्रिप्टोकरेन्सीका रूपमा उदाएको थियो। यससँगै विश्वका ठुला तथा शक्तिशाली राष्ट्रहरूले क्रिप्टोमा लगानी नै सुरु गर्न थालिसकेका छन्।

विभिन्न प्रतिवेदनहरूका अनुसार हालसम्म विश्वभर यतिबेला लगभग २३ हजार वटा क्रिप्टोकरेन्सीहरू प्रचलनमा छन्। तर, कुल क्रिप्टोकरेन्सीको जम्मा बजार पुँजीकरणमा बिटक्वाइनले ४२ प्रतिशत हिस्सा ओगटेको छ। बाँकी क्रिप्टोकरेन्सीको बजार पुँजीकरण ६८ प्रतिशत हुन आउँछ। तथ्यांकहरूले बिटक्वाइनको कूल बजार मूल्य ३ ट्रिलियनसम्म पुगेको देखाउँछ।

१ लाख डलर हाराहारी छ बिटक्वाइनको मूल्य

विश्वव्यापीरुपमा प्रचलित २३ हजारभन्दा बढी क्रिप्टोकरेन्सीमध्ये एउटा स्वरुप हो बिटक्वाइन। जसको सुरुवात स्न २००९ मा सातोसीनाकामोटोले सुरु गरेको थियो। बिटक्वाइनको सुरुवाती मूल्य प्रति बिटक्वाइन ०.००२ अमेरिकी डलरमा कारोबार भएको थियो। यस्तै, सो वर्षभरी यसको मूल्य ०.०००९९ सम्म पुगेको थियो।

बिटक्वाइनको अधिकतम मूल्य प्रति बिटक्वाइन १ लाख १९ हजार अमेरिकी डलरसम्म पुगेको छ। स्टाटिस्टाका अनुसार सन् २०२५ को ११ अगस्टमा यो मूल्य कायम भएको थियो। यद्यपी, यतिबेला भने बिटक्वाइनको मूल्य घटेर ७५ हजार अमेरिकी डलर आसपास आइपुगेको छ। यद्यपि, सुरुवातमा लगानी गर्नेहरूले हालसम्म ३८ हजार प्रतिशतसम्म प्रतिफल आर्जन गरिसकेको तथ्याङ्कले देखाउँछ। यसले विश्व बजारमा बिटक्वाइन लगानीको उच्च प्रतिफल दिने माध्यमको रूपमा स्थापित भइसकेको छ।

अमेरिका र युरोपमा मुद्राकै रूपमा स्थापित हुँदै क्रिप्टो

क्रिप्टोेकरेन्सीलाई विश्वका अधिकांश मुलुकहरूले वैध रूपमा प्रयोगमा ल्याउन दिएका छन्। सन् २००९ मा क्रिप्टो प्रचलनमा आएपछि यसलाई कारोबारमा मान्यता दिन सुरु गर्ने मुलुक अमेरिका थियो। जो यतिबेला आफूलाई क्रिप्टोकरेन्सीको राजधानी बनाउनतर्फ ध्यान केन्द्रित गरिरहेको छ।

दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानको एउटा हिस्सा क्रिप्टोको राजधानी बन्नु समेत हो। यही अभियानअन्तरगत अमेरिकाले क्रिप्टोमा लगानी गर्न विश्वव्यापी फन्ड नै स्थापना गरेर विश्वभरका देशलाई नै लगानीको आह्वान गरिरहेको छ।

यसबाहेक, चुनावी अभियानकै क्रममा ट्रम्पले धेरैपटक अमेरिकालाई क्रिप्टोको राजधानी बनाउने भन्दै आवश्यक कानुन निर्माण प्रक्रिया नै अघि बढाउने उद्घोष गरेका थिए। यसो गर्नुमा उनलाई चुनावी अभियानमा पूर्ण समर्थन दिने विश्वका धनाढ्य एलन मस्कको समेत हात छ।

किनकी, मस्कले नै अमेरिकामा बिटक्वाइन र क्रिप्टोको मूल्य उचाल्न र पछार्न उल्लेख्य भूमिका खेल्दै आइरहेका छन्। सन् २०२० तर्फ मस्कले ट्वीटरमार्फत बिटक्वाइन तिरेर टेस्ला किन्न पाउने उद्घोष गरेलगत्तै मूल्य एकाएक आकाशिएको थियो। 

अमेरिकाले नै सुरु गरेपछि अन्य मुलुकले समेत क्रिप्टोलाई कारोबारको अनुमति दिँदै आइरहेका छन्। र, यो संख्या दिनदिनै बढ्दो अवस्थामा छ। हालसम्मको तथ्याङ्क हेर्दा विश्वमा क्रिप्टो एक्सचेन्जलाई १ सयभन्दा बढी देशले मान्यता दिएका छन्। उनीहरूले यसलाई औपचारिका मुद्रा नमानेपनि कारोबारमा अनुमति दिँदै आएका हुन्।

क्रिप्टोलाई प्रयोगमा ल्याउने देशहरूको सूचीमा अधिकांश विकसित अर्थतन्त्र भएका देशहरू देखिन्छन् । जसमा अमेरिका, क्यानडा, जापान, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जर्मनी, सिंगापुर, संयुक्त अरब इमिरेट्स (यूएई) र स्विट्जरल्यान्ड यसका उल्लेख्य उदाहरण हुन्। 

अनलाईन सामान र सेवाहरू, बिटक्वाइन स्वीकार गर्ने अमेरिका तथा युरोपका ठुला शहरहरूको रेस्टुरेन्ट, ट्राभल र होटल बुकिङ, अनलाइन सामान र सेवाहरू गिफ्ट कार्ड लगायत वस्तु खरिद गर्न सकिन्छ। यसबाहेक, रियलइस्टेट, गाडी लगायतका वस्तु समेत क्रिप्टोमार्फत नै किन्न सक्ने प्रावधान ती मुलुकले ल्याएका छन्।

बिटक्वाइनको मूल्य पछ्याउँदैछन् यी क्रिप्टो

क्रिप्टोकरेन्सी बजारमा सबैभन्दा बढी चर्चा बटुल्न सफल भएको विटक्वाइन हो। यसको स्थापनासँगै विटक्वाइनले लोकप्रियता पाएको छ। सन् २००९ देखि हालसम्ममा विटक्वाइन बाहेक अन्य मुद्राहरू पनि कारोबारमा आएको छ। फोब्र्स म्यागेजिनका अनुसार बिटक्वाइनसँगै उच्च बजार मूल्य भएको क्रिप्टोहरूको सूचीमा इथेरियम, टेथ्अर, एक्सआरपी (रिपल), बीएनबी, सोलना, यूएसडीसी, लिडो, ट्रोन, लगायत छन्।

क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो कारोबार कम्पनी

अझ क्रिप्टोलाई वैधरुपमा कारोबार गर्ने देशहरूले व्यक्तिगत र संस्थागत रूपमा यसको प्रयोग गर्छन्। क्रिप्टोलाई नै आफ्नो व्यवसाय मानेर लगानी गर्ने ठुला ठुला कम्पनीहरू समेत पर्याप्तरुपमा बढ्न थालेका छन्। ब्लकचेन काउन्सिलका अनुसार हाल विश्वभर २ करोड १० लाखभन्दा बढी बिटक्वाइन अस्तित्वमा छन्। यो सुन जत्तिकै बहुमूल्य छन्।

यसको प्रयोग गर्ने १० शीर्ष सार्वजनिक कम्पनीहरूमा स्ट्राटेजी इंक (फरमर्ली माइक्रोस्ट्राटेजी) यो अमेरिकी कम्पनी हो। जोसँग ६ लाख ३८ हजार ९४६ बिटक्वाइन छ। त्यस्तै, मारा होल्डिङ्स यो अमेरिकास्थित कम्पनी हो जसको ५०,६३९ बिटक्वाइन यस कम्पनीको स्वामित्वमा छ। त्यसैगरी ट्वेंटी वन क्यापिटल (एक्सएक्सआई) कम्पनीले ४३,५१४ बिटक्वाइनमा लगानी गरेको छ। 

त्यस्तै, विटक्वाइन स्ट्याण्डर्ड ट्रेजरी कम्पनीले ३०,०२१ (बिटीसि) लगानी गरेको छ। त्यसैगरी, अमेरिकामा रहेको बुलिश कम्पनीले २४,००० (बिटिसी) को प्रयोग गरेको छ। यससँगै, रियोट प्लेटफर्महरू कम्पनीको १९,२३९ बिटक्वाइनमा लगानी गरेको छ। यससँगै, जापानी मेटाप्लानेट इंक  कम्पनीले १८,८८८ विटक्वाइन लगानी गरेको छ। ट्रम्प मिडिया एण्ड टेक्नोलोजी कम्पनीले १५,००० विटक्वाइन लगानी गरेको छ। क्लिनस्पार्क इंक कम्पनीले १२,७०३ (बिटिसि) विटक्वाइन लगानी गरेको छ। र, क्वाइनबेस ग्लोबल कम्पनीले ११,७७६ विटक्वाइन लगानी गरेको छ।  

– सबैभन्दा ठूलो लगानीकर्ता

विश्व बजारमा क्रिप्टोकरेन्सीको चर्चासँगै यसको प्रयोग गर्न व्यक्तिहरू पनि त्यतीनै थुप्रिन थालेछन्। यो एक समयमा त व्यक्तिहरूले लगानीको रूपमा सबैभन्दा धेरै विटक्वाइन राख्न थाले। तर पछिल्लो समय क्रिप्टोमा लगानी व्यक्तिगत भन्दा यो संस्थागत हुन थाल्यो। लगानीकर्ताहरू अब व्यक्तिहरू छैनन् किनभने एक्सचेन्ज, ब्रोकरेज र व्यवसायले सबैभन्दा ठूलो धारकको रूपमा कब्जा गरेका छन्।

बिटक्वाइन निर्माता सातोशी नाकामोतोसँग सबैभन्दा धेरै बिटक्वाइन रहेको हल्ला छ। धेरै इच्छुक व्यक्तिहरूले यो तथ्याङ्कले प्रयोग गर्ने ठानिएका ठेगानाहरूको अनुसन्धान गरेका छन् र निष्कर्ष निकालेका छन् कि नाकामोतोसँग १.१ मिलियन बिटक्वाइनहरू छन्। जुन ९ मे २०२४ को बजार मूल्यमा ४ खर्ब ६८ अर्ब भन्दा बढी हो। 

त्यस्तै, बाइनन्स विटक्वाइन कारोबारका सबैभन्दा ठूलो लगानीकर्ता हुन्। उनी व्यापारिक मात्राको हिसाबले सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जले ग्राहक सुरक्षा उपायको रूपमा विटक्वाइनमा लगानी गर्छन्। रिपोर्ट अनुसार, एक्सचेन्जले कम्तिमा १.१ को विटक्वाइन देखि क्लाइन्ट निक्षेप अनुपात राख्छ। यो जुन मे ८, २०२४ मा ६१७,५३४.१९४ विटक्वाइन हो।  

– कति देशमा क्रिप्टोको कारोबार लिगल ? 

क्रिप्टोेकरेन्सीलाई हालसम्म विभिन्न देशले एउटा व्यवसायको रूपमा यसलाई प्रयोग गरिरहेका छन्। क्रिप्टोकरेन्सीलाई कतिपय देशले पूर्ण रूपमा रोक लगाउदा क्रिप्टोलाई रोक नलगाउने देशका नागरिकहरूले भने यसलाई आयआर्जनको स्रोत बनाएका छन्।

क्रिप्टो कारोबारलाई रोक नलगाउने देशहरूमा अमेरिका, यूके, युरोपियन युनियन, क्यानडा, एल साल्भाडर, जर्मन, स्वीट्जरल्याड, सिंगापुर, जापान यूएई, अष्ट्रेलिया, सेन्ट्रल अफ्रिकी रिपब्लिक, प्रर्चुगल, साउथ कोरिया, इन्डिया जस्ता देशहरू छन्। यी देशहरूले कानुनी रूपमा नै क्रिप्टोमा लगानी तथा कारोबार गर्दै आइरहेका छन्। यससँगै, नेपाल, बंगलादेश, मोसिडोनिया, बोलिभिया जस्ता देशहरूमा भने यसलाई पूर्णरुपमा बन्देज गरेको छ।

यी हुन् उच्च मूल्य भएका क्रिप्टोकरेन्सी

नाम सुरुवाती मूल्य उच्च मूल्य
बिटक्वाइन २५० यूएस डलर२,७७८ यूइए डलर
इथेरियम०.३० डलर२,७७८ यूइए डलर
बाइनान्स क्वाइन ०.१० डलर ६७१.५५
सोलाना १ डलर १५८.१३
एक्सआरपी (रिपल)०.०२७३२.४५
डोगेक्वाइन ०.०००२०.१८१६

स्राेतः अन्तर्राष्ट्रिय तथ्यांकहरू