काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीको प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानी (इपीएस) दुबै गत आर्थिक वर्ष जस्तै यस वर्ष पनि ऋणात्मक देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्मा कम्पनीको खुद नाफा ५ करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । जवकि, कम्पनीको नाफा गत वर्षको यस अवधिसम्ममा समेत २ करोड ४० लाख रुपैयाँले ऋणात्मक थियो ।
योसँगै कम्पनीको इपीएस समेत ऋणात्मक रहेको छ । गत वर्ष ३ रुपैयाँ २९ पैसाले ऋणात्मक रहेको कम्पनीको इपीएस यस वर्ष समेत ७ रुपैयाँ ८४ पैसाले ऋणात्मक रहेको छ ।
यता कम्पनीको खुद ब्याज आम्दानी यस वर्ष १ करोड ८० लाख रुपैयाँले घटेको छ। गत वर्ष सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ९० लाख रुपैयाँ थियो ।



About Us
प्रतिक्रिया