काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा प्रभु बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफामा ह्वात्तै गिरावट आएको हो ।
गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको यो बैंकले चालू वर्षको पहिलो त्रैमासमा ५५ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यो बैंकको खुद नाफामा आएको उल्लेख्य गिरावट हो । बैंकको सञ्चालन मुनाफा १ अर्ब १७ करोड रुपैयाँ थियो । यस्तै, यस अवधिमा बैंकले आफ्ना कर्मचारीका लागि १ अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ ।
यस अवधिमा प्रभु बैंकले २ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको यही अवधिमा २ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकको ब्याज आम्दानी बढेपनि नाफा भने घटेको छ ।






About Us
प्रतिक्रिया