काठमाडौं – माछापुच्छ्रे बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ७९ लाख ५६ हजार नाफा आर्जन गरेको हो । जबकी अघिल्लो वर्ष बैंकले ५० करोड ३२ लाख ६३ हजार नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानीपनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४८ करोड २६ लाख ९४ हजार ब्याज आम्दानी गरेकोमा यो वर्ष घटेर १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रहेको छ । हाल बैंकको वितरणयोग्य नाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक भएको छ ।
यस्तै, चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ । हाल बैंकको खराब कर्जा अनुपात ४.१३ प्रतिशत रहेको छ । जबकी गत आर्थिक वर्षमा यस्तो दर ३.१५ प्रतिशत थियो ।






About Us
प्रतिक्रिया