बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, ३ महिनामा कमायो ९ करोड


काठमाडौं – महालक्ष्मी विकास बैंकले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को ३ महिनाको अवधिमा ९ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको हो ।

बैंकले गत आर्थिक वर्षको यही अवधिमा ९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । यो चालू आर्थिक वर्षकोभन्दा न्यून हो । यसआधारमा बैंकको नाफा वृद्धि भएको छ । बैंकले कर तिर्नुअघि १३ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, बैंकको सञ्चालन मुनाफा १८ करोड रुपैयाँ थियो । यस अवधिमा बैंकले आफ्ना कर्मचारीलाई १७ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ ।