काठमाडौं – खुद ब्याज आम्दानी बढेपनि प्राइम कमर्सियल बैंकको नाफा खुम्चिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा बैंकको ब्याज आम्दानी बढेपनि नाफा खुम्चिएको हो ।
तथ्यांकअनुसार यस अवधिमा बैंकले २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा यस्तो आम्दानी २ अर्ब ३३ करोड रुपैयाँमा सिमित थियो । तर, पनि बैंकको नाफा वृद्धिमा भने यसले उल्लेख्य भूमिका खेल्न सकेन ।
आज प्रकाशित वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा प्राइम बैंकले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन, गत वर्षको यही अवधिमा १ अर्ब २८ करोड रुपैयाँ थियो । यसक्रममा बैंकले आफ्ना कर्मचारीमा ६७ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । जुन, गत वर्ष ६५ करोड रुपैयाँमा सिमित थियो ।
नाफामा सामान्य गिरावट आएपनि बैंकको प्रतिशेयर आम्दानी २५.९४ रुपैयाँ छ भने प्रतिशेयर कूल सम्पत्तीको मूल्य १६ सय ३१ रुपैयाँ कायम छ । यस्तै, मूल्य आम्दानी अनुपात ८.९७ छ ।






About Us
प्रतिक्रिया