काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्षको तीन महिनाको नाफामा उल्लेख्य गिरावट देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोहि समयमा ४५ करोड मात्रै नाफा आर्जन गरेको हो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ३ अर्ब २४ करोड ३१ लाख आर्जन गरेको छ । जबकी बैंकले गत वर्ष ३ अर्ब ८७ करोड ६७ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले सञ्चालन नाफा पनि १५ करोड गरेको छ ।
असोज महिनासम्ममा खराब कर्जा अनुपात १.४६ पुगेको छ ।



About Us
प्रतिक्रिया