काठमाडौं – ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । आज प्रकासित बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।
यो गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा २२.९२ प्रतिशतले बढी हो । किनकी, गत आर्थिक वर्षको यही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, यस अवधिमा ग्रुपले १ अर्ब ८८ करोड रुपैयाँ कमाएको छ ।
कर तिर्नु अघि बैंकको नाफा २ अर्ब ४० करोड रुपैयाँ नाफा थियो । जसमध्ये कर तिरेपछि खुद नाफाकारुपमा १ अर्ब ८५ करोड रुपैयाँ रहेको हो । तथ्यांकअनुसार बैंकले १० अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ६ अर्ब १८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ ।
जसअनुसार बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ थियो । यस्तै, बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । यसक्रममा बैंकले आफ्ना कर्मचारीलाई १ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १९.५१ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर सम्पत्तीको कूल मूल्य १९ सय १४ रुपैयाँ कायम भएको छ । यस्तै, मूल्य आम्दानी अनुपात १२.१० रुपैयाँ कायम छ ।



About Us
प्रतिक्रिया