काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।
यो गत वर्षको यही अवधिको तुलनामा बढी हो । किनकी, बैंकले गत वर्षको यो अवधिमा १ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । तथ्यांकअनुसार बैंकको नाफा ५ करोड रुपैयाँले बढेको हो । बैंकले कर तिर्नुअघि १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
तथ्यांकअनुसार बैंकको प्रतिशेयर आम्दानी ३६.४४ रुपैयाा पुगेको छ । यस अवधिमा प्रतिकित्ता ७८० रुपैयाँसम्म पुगेको कम्पनीको शेयर मूल्य न्यूनतम ६३० रुपैयाँसम्ममा आइपुगेको थियो ।
बैंकको तथ्यांकअनुसार सर्वसाधारणबाट निक्षेप रकम ३ खर्ब १३ अर्ब रुपैयाँ नाघेको छ । यस्तै, लगानी गरेको प्रपर्टी५३ करोड रुपैयाँ छ भने १४ अर्ब ४१ करोड रुपैयाँ ‘रिजर्भ’मा राखेको छ ।



About Us
प्रतिक्रिया