बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयरप्रो सेक्यूरिटीज प्रा. लि.( शेयर दलाल नं.६५) औपचारिक रुपमा सञ्चालनमा आएको छ । कम्पनीले गत जेठ ९ मा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ ।
सोही क्रममा कम्पनीले शुक्रबार आफ्नो सेवाको औपचारिक उद्घाटन गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कार्यालयको औपचारिक समुद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिँदै उच्चतम प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुँदै जाने विश्वास व्यक्त गरे ।
आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम “शुभारम्भ सप्ताह” समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम आजदेखि भदौ १५ सम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ ।
कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया