नेप्सेमा ११.२९ अंकको गिरावट आउँदा कारोबार रकम पनि बढ्यो 


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.२९ अकंले घटेर २५ सय ९६ दशमलव १२ को बिन्दुमा कायम भएको छ।

आज ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेसँगै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

आज सबैभन्दा धेरै सिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दरम खोला हाइड्रो इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, माबिलुङ इनर्जी लिमिटेडका लगानीकर्ता ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन् ।