एनआईसी एशियाका सीईओ शाक्यले सम्हाले कार्यभार


काठमाडौं – एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले आजदेखि कार्यभार सम्हालेका छन् ।

कात्तिक १७ गते सम्पन्न सञ्चालक समितिको बैठककाे निर्णय अनुसार सीईओमा नियुक्त भएका शाक्यले कात्तिक २० गते ( आजदेखि) आफ्नो कार्यभार सम्हालेका हुन् ।

गत कात्तिक १७ गते सम्पन्न बैठकले शाक्यलाई ३० दिनभित्र बैंक कार्यभार सम्हाले गरी नियुक्त गरेकाे थियाे । उनले नियुक्त भएकाे ३ दिनमा कार्यभार सम्हालेका हुन् । शाक्य चार वर्षका लागि बैंककाे सीईओमा नियुक्त भएका हुन् ।