काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन १२ दशमलव १७ अंकले बढेर २६ सय ७ दशमलव ४२ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा २.३० अंक बढेर २६ सय ९ दशमलव ७२ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।
यस सेसनमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ६ हजार ४ सय ७ कित्ता शेयर किनबेच भएको छ।



About Us
प्रतिक्रिया