काठमाडौं – जिल्ला प्रहरी परिसरले काठमाडौंले अनलाइनबाट विभिन्न बहाना बनाइ ठगी गर्ने बढी रहेकाले सावधान रहन आग्रह गरेको छ ।
अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भन्दै व्हाट्सएप एपमा कल गरी स्क्रिन सेयर गर्न लगाइ ओटिपी लिई बैंक खाता ह्याक गर्ने जस्ता ठगीका घटनाहरू बढी रहेको प्रहरीले जनाएको हो।
प्रहरीले कुनै पनि व्यक्तिलाई स्क्रिन सेयर गर्ने, ओटिपी दिने जस्ता कार्यहरू नगर्न जिल्ला प्रहरी परिसरले काठमाडौंले अनुरोध गरेको छ ।







About Us
प्रतिक्रिया