किन जटिल छ क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण ?


काठमाडौं – डिजिटल प्रविधिको क्रान्तिसँगै विश्वभर रकम प्रयोग गर्ने तरिका र मुद्रा स्वरुपमा ठुलै परिवर्तन आएको छ। कतिपय मुलुकमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यताको स्वरूप दिँदै प्रयोग गर्न थालिए पनि नेपालमा भने यस्ता डिजिटल मुद्राको प्रयोगले मान्यता पाएको छैन। तर, क्रिप्टोकरेन्सीको कारोबार नेपालमा भित्रभित्रै दैनिकीकै रूपमा फैलिँदै गएको रिपोर्टहरूले देखाउँछन्।

नेपालमा क्रिप्टो कारोबारको विस्तारलाई लिएर चिन्ता बढिरहेको छ। सरकारले यसबारे स्पष्ट नियमन र निगरानी नहुनाले अनधिकृत र जोखिमपूर्ण लेनदेन बढ्दै गएको छ। विज्ञहरूका अनुसार क्रिप्टो प्रविधि नयाँ अवसर ल्याएको भएता पनि, नियमन नहुँदा उपभोक्ता संरक्षण, पुँजी क्षति र गैरकानुनी वित्तीय क्रियाकलापका जोखिम उच्च रहन्छ।

नेपालजस्तो अर्थतन्त्रमा जहाँ विदेशी मुद्रा नियमन र वित्तीय पारदर्शितामा चुनौतीहरू छन्। क्रिप्टोकरेन्सीको अनियन्त्रित प्रयोगले आर्थिक सुरक्षा र वित्तीय स्थिरतामा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिइरहेको छ। नागरिक र लगानीकर्ताहरूलाई सचेत गराउँदै, आवश्यक कानुनी र प्रविधिगत पूर्व तयारी आवश्यक भएको विश्लेषकहरूको सुझाव छ।

सरकार र नियामक निकायहरूले क्रिप्टोकरेन्सीसम्बन्धी नीति स्पष्ट नदिइएको अवस्था रहँदा, यो सेक्सन अझै सम्पूर्णरूपमा तर्जुमा र नियमनको आवश्यकता देखिएको छ । विश्वभर फैलिएको क्रिप्टो कारोबारले नेपालमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आर्थिक सन्तुलनमा असर पार्ने खतरा बढेको विज्ञहरू बताउँछन्।

क्रिप्टोकरेन्सी कारोबारमा वित्तीय मध्यस्थकर्ता जस्ता संरचना नभएकाले यसले प्रचलित आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्थामा सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, बचतकर्ता र ऋणी लगायतका सरोकारवालाबीचको हित सन्तुलनमा चुनौती सिर्जना गर्ने देखिएको छ। 

बिटकोइन, इथेरियम जस्ता करेन्सीहरू ब्लकचेन प्रविधिमा आधारित छन् । जुन हजारौं कम्प्युटरमा छरिएर सञ्चालन भएका हुन्छन् । यसकारण कुनै एक देश, सरकार वा केन्द्रीय बैंकले यसलाई पूर्णरूपमा बन्द गर्न सक्दैनन् । सरकार र केन्द्रीय बैंकले पटक–पटक जनतालाई सचेत रहन आग्रह गर्दै अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार नगर्न चेतावनी दिँदै आएका छन् । तर प्रविधिको सहज पहुँच र डिजिटल कारोबारप्रतिको आकर्षणका कारण नियन्त्रणमा चुनौती देखिएको सरकारवालाहरू बताउँछन् ।

नेपालमा घट्ने गरेका क्रिप्टो कारोबारहरूको प्रमाणहरू फेला पर्ने गरेको पाइन्छ। तर प्रमाण फेला नै परिसकेका घटनाहरूमा पनि रकम कति कारोबार भयो भने नै थाहा पाइँदैन। थाहा पाइएका रकमहरू समेत सहज रूपमा बरामद गर्न सकिने अवस्था पनि नरहेको सरकारवालाहरू बताउँछन्।

त्यसैले गर्दा क्रिप्टोमा लगानी गरेको रकम डुब्न सम्भावना धेरै रहेको छ। क्रिप्टो करेन्सीमा प्रयोग गरिने सप्टेवयरहरू विभिन्न व्यक्तिहरूले आफ्नै किसिमका बौद्धिकताको प्रयोग गरिएका हुन्छ, जसले गर्दा उक्त प्रविधिलाई बुझ्न नै कठिन हुने गरेको पाइएको छ। क्रिप्टो कारोबार इन्टरनेटमार्फत विश्वका जुनसुकै ठाउँबाट गर्न सकिने र यसको लागि कुनै भौगोलिक सीमा वा परम्परागत बैंकिङ्ग संरचनाको आवश्यकता नपर्ने हुँदा एक देशले प्रतिबन्ध लगाए पनि अर्को मुलुक वा अनलाइन प्लेटफर्ममार्फत सजिलै कारोबार सम्भव हुने विज्ञहरूको भनाइ छ।

विश्वमा प्रविधि र विकासका क्षेत्रमा मारिरहेको फड्कोलाई हेर्ने हो, नेपाल निकै पछि परिसकेको छ। नेपालमा पनि क्रिप्टोकरेन्सीको कारोबारलाई पूर्ण रूपमा नियमन गर्न विभिन्न समयमा सरकार र नियामक निकायहरूले विभिन्न प्रयास गरे पनि पूर्ण नियन्त्रण भने असम्भव देखिएको छ। क्रिप्टोकरेन्सीको अनुगमन गर्ने कुनै पनि केन्द्रीकृत संस्था छैन। जसले गर्दा अपराधीक नियतले अवैध कार्य गर्नहरूलाई रकम लुकाउन सजिलो हुने गरेको सरोकारवालाहरू बत्ताउँछन्। विश्वमा हुँदै गरेको प्रविधिको आमूल परिवर्तनले गर्दा क्रिप्टोकरेन्सीहरू कारोबारीहरूलाई रोक्न सक्ने अवस्था नेपालमा छैन। 

क्रिप्टो कारोबारमा प्रयोग हुने प्रविधिहरू फरक किसिमका हुने गरेकाले अनुसन्धान गर्न समेत प्रहरीहरूलाई कठिन हुने गरेको प्रहरी अधिकृतहरू बताउँछन्। क्रिप्टो करेन्सी कारोबारमा सरकाले पूर्ण रूपमा नियन्त्रणका गर्ने कुरा चुनौतीपूर्ण रहेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे बताउँछन्। क्रिप्टो कारोबार गर्नेहरूलाई कडा कारबाही गर्ने नेपाल प्रहरीले नीति नै लिएको उनले बताए। तर पनि क्रिप्टो करेन्सीमा कारोबार गर्नेहरू घट्नुका सट्टामा झन्नै बढ्ने क्रम जारी छ। 

त्यसैले गर्दा प्रहरीले कारोबारीहरूलाई कडा कारबाही गर्ने नीति अनुरुप सक्रियता देखाएको छ। नेपाल प्रहरीका डिआईजी विनोद घिमिरे भन्छन्, ‘नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्नेहरूको संख्यालाई नियन्त्रण गर्न सकिँदैन, तर यसलाई केही रूपमा न्यूनीकरण भने पक्कै गर्न सकिने छ।’ नेपाल प्रहरीले नेपालमा हुने गरेका आर्थिक तथा वित्तीय अपराधका घटनाहरूलाई कम गर्न छुट्टै महाशाखाको निमार्ण गरेको छ, तर महाशाखा नै निर्माण भएपछि पनि यस्ता करेन्सीहरूको कारोबार गर्नेहरू पक्राउ पर्ने क्रम जारी नै रहेको छ। यस महिनामा मात्र सीआईबीले ५४ जनालाई क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको थियो। 

जसमा ६ जना चिनियाँ र २ जना भारतीय नागरिक रहेको प्रहरी वरिष्ठ उपरीक्षक युवराज खड्काले बैंकिङ्ग समचारसँग बताउँछन्।प्रत्येक वर्ष क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहनेहरू बढ्दै गई रहेका प्रहरीको तथ्यांकले खुलाएको छ। विश्वमा आएको पविधिको आमूल परिर्वतन र रकम कारोबारको शैलीमा आएको परिवर्तनले गर्दा नेपालमा पनि क्रिप्टो कारोबार गर्नेहरूको संख्या बढ्दै जानु स्वाभाविक नै रहेको सरोकारवालाहरू बताउँछन्। 

विश्वभर डिजिटल मुद्राको रूपमै चर्चामा रहेको क्रिप्टो कारोबारलाई नियन्त्रण गर्ने नेपाल प्रहरीले छुट्टै महाशाखा नै निर्माण गरेको छ। तर, यस महाशाखाको निर्माण नै भएपछि पनि २ वटा ठुला क्रिप्टो करेन्सी कारोबारको घटना महाशाखामा परिसकेको छ।त्यस्तै, नेपाल प्रहरीमा आर्थिक वर्ष (आव) ०७७/७८बाट हाल सम्ममा  क्रिप्टो करेन्सी कारोबारका १८ उजुरी प्रहरीमा परेका छन् । यस्ता घटनाहरूमा संलग्न जम्मा २९ जना मात्र पक्राउ परेका छन्। प्रहरीले प्रत्येक वर्ष क्रिप्टोमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ। तर उनीहरूले कति रकम कारोबार गरेका थिए भने कुरा प्राय घटनाहरूमा नदेखिएको प्रहरीले जनाएको छ। 

प्रहरी वरिष्ठ उपरीक्षक खड्काका अनुसार क्रिप्टो कारोबार गरिएको सूचनाका आधारमा यस्ता कारोबारीहरूलाई पक्राउ गर्ने गरिएको छ । क्रिप्टोकरेन्सी कारोबार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याई कारोबारमा केही नियन्त्रण गरिएको खड्काले बैंकिङ्ग समाचार सँग बताए । नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्नु अवैध रहेको छ । जसको कारोबार गर्न नहुने प्रहरीले बताउँदै आएको छ । तर कारोबार गर्न नहुने थाहा हुँदाहुँदै कारोबार गर्नेहरूलाई कडा कारबाही गरिने ब्युरोका प्रवक्ता खड्काले बताए। 

२०७४ सालको असोजमा ७ जनालाई पक्राउ गरेपछिको समयलाई हेर्दा क्रिप्टो करेन्सीमा कारोबार गर्दै प्रहरीको फन्दामा पर्नेहरूको संख्या झनै बढी रहेको छ । गत वर्षहरूको तुलनामा यस वर्ष क्रिप्टोमा कारोबार गर्नेहरूको संख्या झनै बढेको देख्न सकिन्छ । नेपालमा २०७४ साल भन्दा अगाडि प्रहरीले क्रिप्टो कारोबार गर्नेहरूलाई पक्राउ गरेको नै थिएन । तर नेपालमा ०७० सालतिरबाट नै भित्रिएको थियो । 

०७२ सालको भूकम्पले नेपालमा परेको प्रभावले झनै क्रिप्टो कारोबार गर्नेहरू संख्या बढ्यो । त्यसैले यस्ता किसिमका कारोबार गर्ने नहुने भन्दै नेपाल राष्ट्र बैंकले नेपालमा कारोबार गर्नु अवैध रहेको बतायो । त्यसपछि पनि नेपालमा क्रिप्टो करेन्सीहरूमा लगानी गर्नेहरूको संख्यामा कमि आउन सकेन । त्यसैले राष्ट्र बैंकले २०७८ सालमा पूण क्रिप्टो कारोबार गर्नु अवैध रहेको बताएको थियो । तर पनि नेपालमा क्रिप्टो कारोबार गर्नेहरूको संख्यामा वृद्धि भएको देख्न सकिन्छ । 

क्रिप्टो कारोबारमा कमि आउने क्रम भन्दा पनि बढ्दै जार्ने क्रम रहेको प्रहरीको तथ्यांकले देखाएको छ। ब्लकचेन प्रविधिमा ट्रान्जेक्सन सार्वजनिक भए पनि प्रयोगकर्ताको वास्तविक नाम र ठेगाना देखिन्न, जसले नियमनलाई झनै जटिल बनाइदिन्छ। धेरै प्रयोगकर्ताले ख्एल्, प्राइभेट नेटवर्क वा अनलाइन वालेट प्रयोग गरेर आफ्नो परिचय लुकाउने गरेको पाइन्छ।

अर्को चुनौती भनेको बिटक्वाइन वालेट, एक्सचेन्ज एप, एद्दए प्लेटफर्म, डार्कनेट, डीफाइ जस्ता हजारौँ नयाँ डिजिटल माध्यमहरू हुन्। कुनै एक माध्यम बन्द गर्दा पनि अर्को विकल्प सजिलै विकास हुने भएकाले यो कारोबार पूर्णरूपमा रोक्न सरकार र नियामक निकायलाई गाह्रो पर्ने देखिन्छ।

डिजिटल कारोबारमा छिटो नाफा कमाउने चाहना, सट्टेबाजी प्रवृत्ति र अन्तर्राष्ट्रिय भुक्तानी जस्ता सुविधाले समेत जनतालाई क्रिप्टोकरेन्सीतर्फ आकर्षित गरिरहेको। कानुनी प्रतिबन्ध मात्र प्रभावकारी नहुने भएकाले धेरै देशले निगरानी, कर प्रणाली, केवाइसी प्रक्रिया र एक्सचेन्ज लाइसेन्सजस्ता उपायमार्फत क्रिप्टोकरेन्सीलाई नियमन गर्ने नीति लिएका छन्। नेपालमा समेत राष्ट्र बैंकले पटक–पटक क्रिप्टोकरेन्सी कारोबार अवैध भएको भन्दै सचेत गराउँदै आएको छ। तर प्रविधिको सहज पहुँच र अन्तर्राष्ट्रिय कारोबार प्रवृत्तिका कारण यसको पूर्ण नियन्त्रण चुनौतीपूर्ण नै देखिन्छ।