काठमाडौं – वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ६ लाख ७२ हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर घर भई काठमाडौं महानगरपालिका – १६ बस्ने ३५ वर्षीया कुमारी तामाङ रहेकी छिन् ।
उनले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ६ लाख ७२ हजार ठगी गरेको प्रहरीले जनाएको छ । तामाङलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया