१४ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु


काठमाडौं – १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीसँग कार्यालयले लिखित स्पष्टीकरण माग गरेकाे छ।

अबको सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राखिने सूचनामा उल्लेख छ। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम (४) बमोजिम ती निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको हो।