एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा फूयाँल नियुक्त


काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरन्जन फूयाँल नियुक्त भएका छन्।

कम्पनीको कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई सो पदमा नियुक्त गरेको हो । फूयाँललाई ४ वर्षका लागि सो पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।