काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.६४ अकंले घटेर २५ सय ९५ दशमलव २४ को बिन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको हो । आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेसँगै ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।
आज सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । राधि विधुत् कम्पनीको २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन् ।






About Us
प्रतिक्रिया