काठमाडौं – हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङ सहित १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
२०८० साउन ३ गते हङकङबाट तस्करी गरी ल्याइएको उक्त सुनलाई राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो। सो प्रकरणमा संलग्न १८ जनामध्ये केही अभियुक्त कारागारबाट फरार रहेको पनि बताइएको छ।
मुद्दामा बर्दिया घर भएका जीवन चलाउने, चिनियाँ नागरिकहरू याओ पुचेङ (एलेक्स), ली वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, लिन चछ्याङ, भारतीय नागरिक थुप्तिन छिरिङ, भोजपुरका हर्कराज राई, दोलखाका दिलीप भुजेल, गुल्मीका सुमन खरेल, बाराका भोला साह सोनार, धादिङका श्याम थापा, र अछामका जगत बहादुर धामीलाई प्रतिवादी बनाइएको छ।
त्यस्तै, जीवन चलाउनेसँग सम्बन्धित मस्टा ग्रुप प्राली र सुन आयात गर्ने कम्पनी रेडी ट्रेड प्रालीलाई समेत प्रतिवादीका रूपमा राखिएको छ। सीआईबीको अनुसन्धान अनुसार, जीवन चलाउनेले २ अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरिएको छ ।






About Us
प्रतिक्रिया