काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी घर भई हाल भक्तपुरको मध्यपुर थिमी बस्ने ३१ वर्षीय राहुल पुन्ज रहेका छन् ।
उनले एक जनालाई युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गरेको प्रहरीले बताएको छ । विदेश पठाउने भनी ठगी गर्ने पुन्जलाई काठमाडौंको काठमाडौं महानगरपालिका– ११ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया