काठमाडौं महानगरपालिकाले खारेज गर्यो दुई सहकारी संस्था

काठमाडौं महानगरपालिकाले खारेज गर्यो दुई सहकारी संस्था


बैकिङ्ग समाचार,काठमाडौं । 

काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्था खारेज गरेको छ । महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो । 

२५०२÷०६६–६७ दर्ता नं. रहेको ज्येष्ठ सहकारी काठमाडौं महानगरपालिका वडा नं. ५ मा रहेको थियो भने १९३७÷०६५–६६ दर्ता नम्बर रहेको सुकस सहकारी काठमाडौं महानगरपालिका वडा नं. ७ मा रहेको थियो ।

काठमाडौं महानगरपालिका सहकारी विभागको गत साउन १६ गतेको निर्णय अनुसार यी सहकारी संस्थाहरूलाई खारेजी गरिएको सूचनामा उल्लेख छ ।

 

\"\"