काठमाडौं – नेपाल राष्ट्र बैंकले साढे २ अर्ब बढी रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।
बैंकले २३ कात्तिकदेखि निक्षेप राख्ने जनाएको छ । बैंक वित्तीय संस्थामा राखिने उक्त निक्षेप २३ कात्तिकमा परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर केन्द्रीय बैंकमा आवेदन दिनुपर्ने छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले मंगलबारसम्म केन्द्रीय बैंकमा आवेदन बुझाइ सक्नुपर्ने छ ।
केन्द्रीय बैंकले उक्त रकममध्ये २ अर्ब ८ करोड रुपैयाँ वाणिज्य बैंक, राष्ट्रियस्तरको विकास बैंकमा ३९ करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा १३ करोड निक्षेप राख्ने जनाएको छ । यसरी राखिएको निक्षेपको ब्याजदर भने त्रैमासिक भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले राख्न खोजेको निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्छ । यस्तै, बैंकबाट तोकिएको न्यूनतम पुँजी कोष कायम रहेको । त्यसैगरी न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्ने लगायतका सर्त केन्द्रीय बैंकले राखेको छ ।






About Us
प्रतिक्रिया