कैलालीबाट सात जना जुवाडे पक्राउ, १ लाख ७७ हजार बरामद


काठमाडौं – कैलालीको मोहन्याल गाउँपालिका– ७ पितमारीस्थित ग्रिन सिटि होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका– ७ बस्ने ६८ वर्षीय अम्मर बुढा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७७ हजार १ सय ४५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।