दाङबाट २६ जुवाडे पक्राउ, २ लाख ६२ हजार बरामद


काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट २६ जना  जुवाडे लाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका– १८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका– १० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । 

महोत्तरीको  बर्दिबास नगरपालिका–५ टुटेश्वर मन्दिरस्थित जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रुपैयाँ र २६ थान कौडा सहित पक्राउ गरेको हो ।

झापाको  बिर्तामोड नगरपालिका– ४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका– ४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।