कृषि विकास बैंकको  नाफा झन्डै १ अर्ब घट्यो, अधिकांश सूचक प्रभावित 

कृषि विकास बैंकको  नाफा झन्डै १ अर्ब घट्यो, अधिकांश सूचक प्रभावित 


बैकिङ्ग समाचार ।
कृषि विकास बैंकको खुद नाफा १७.२६ प्रतिशतले घटेको छ । चौथो त्रैमासमा बैंकको नाफा ३ अर्ब ४६ करोड ८० लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । 

अघिल्लो वर्ष बैंकले ४ अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ६६ करोड ५३ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो वर्षको भन्दा ४९.७० प्तिशत ले कम हो । 

अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३१ करोड १३ लाख ४८ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकको अधिकांश सूचक प्रभावित  छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा शीर्षक क्रमशः  १८.११ प्रतिशत र १६.५० प्रतिशतले घटेको छ । बैंको  प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा रहेको छ । 
 बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैया पुगेको छ ।  बैंकको बेस रेट घटेर ९.२६ प्रतिशतमा आएको छ ।