राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनीकः विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनीकः विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनीक गरेको छ ।  सार्वजनीक गरेको उक्त तंथ्याक अनुसार देशमा कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । 

२०७९ असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । २०८० असार मसान्तसम्म आइपुग्दा उक्त सञ्चिति बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको हो । 

आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायकसँगका अनुपातहरू २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् ।