काठमाडौं – कुख्यात गुण्डा नाइके युवराज गुरुङ उर्फ सानु भाइ ७ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सानुभाइ माथि ‘जेनजी’ प्रदर्शनपछि एक व्यवसायीलाई धम्क्याएको आरोप असोज १९ गते टोखाबाट पक्राउ परेका सानुभाइलाई अदालतको आदेशपछि थुनामुक्त गरिएको हो ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भई टोखा–सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक प्रहरीको फन्दामा पर्दै आएका छन् । यसअघि साउन १२ गते ठमेलस्थित नर्सिङ चोक नजिकैको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए।
सानु भाइ कुख्यात कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी मानिन्छन्। ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि सानुभाइले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको प्रहरी अधिकृतहरूले बताएका छन् ।






About Us
प्रतिक्रिया