खुद ब्याज आम्दानी अपेक्षाभन्दा धेरै भएपछि एचएसबीसीको नाफा १४ प्रतिशत बढ्यो


एजेन्सी – खुद ब्याज आम्दानी बढ्दा युरोपको सबैभन्दा ठूलो कर्जा प्रवाह गर्ने बैंक हङकङ सांघाई बैंकिङ्ग कर्पोरेशन (एचएसबीसी)को नाफा अपेक्षाभन्दा बढेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार कम्पनीको प्रक्षेपणभन्दा अत्याधिकमात्रामा नाफा वृद्धि भएको हो ।

समाचार संस्था सीएनबीसीका अनुसार सेप्टेम्बरमा समाप्त भएको तेस्रो त्रैमासको कर अघिको नाफा ७.३ अर्ब अमेरिकी डलर थियो । युरोपको सबैभन्दा ठूलो ऋणदाता बैंकको खुद ब्याज आम्दानी बढ्नु तथा सम्पत्ती क्षेत्रको आम्दानी समेत बढ्दा उल्लेख्य नाफा आर्जन गरेको हो ।

बैंकले सन् २०२५ मा ४३ अर्ब अमेरिकी डलरभन्दा बढीको खुद ब्याज आम्दानीको प्रक्षेपण गरेको छ । जसकारण बेलायत र हङकङजस्ता प्रमुख बजारहरुमा नीतिगतदरका लागि आगामी दिनमा स्थिरता देखाएको छ । यसले बैंकको आम्दानी मध्यम अवधिको आम्दानी दोहोरो अंकले बढ्ने अपेक्षा गरिएको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी वार्षिकरुपमा १५ प्रतिशतले बढेर ८.८ डलर अमेरिकी डलरभन्दा माथि पुगेको छ ।