अपराध नियन्त्रणमा खटिन प्रहरीलाई गाडी अपुग, जेनजी आन्दोलनमा ६०८ सवारी ध्वस्त 


काठमाडौं – नेपाल प्रहरीलाई आपराधिक क्रियाकलाप नियन्त्रणमा खटिन प्रयोग हुने गाडी अपुग हुन थालेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट प्रहरीका ६ सय ८ वटा सवारीसाधन क्षतिग्रस्त भएको तथ्यांक संकलन भएको छ ।

 आपराधिक एवं असुरक्षा बढाउने गतिविधि नियन्त्रण गर्नका लागि प्रहरी तत्काल घटनास्थलमा उपस्थित हुन हम्मेहम्मै भइरहेको प्रहरी अधिकृतहरूको गुनासो छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले प्रहरीलाई घटना स्थलमा पुग्न असहज वातावरण सिर्जना भइरहेको बताए । 

जेनजी प्रदर्शनको क्रममा काठमाडौं उपत्यका र देशभरका प्रहरी कार्यालयमा आगजनी हुँदा पाँच सय ५१ वटा प्रहरी गाडी पूर्ण रूपमा र ५७ वटा आंशिक रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । तीन सय १९ वटा दुईपांग्रे मोटरसाइकल र एक सय ८४ वटा चारपांग्रे गाडीमा क्षति पुगेको छ ।

उपत्यकामा हुने आपराधिक एवं अवाञ्छित गतिविधिको तत्काल सम्बोधन गर्न राखिएका २ सय १० वटा क्विक रेस्पोन्स मोटरसाइकलसमेत जलेको प्रहरीले जनाएको छ । यसले प्रहरीलाई घटनास्थलमा पुग्न समय लाग्न थालेको प्रहरीहरूको भनाइ छ। गाडी अपुग हुँदा प्रहरीको सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ । प्रहरी प्रवक्ता घिमिरेले भने, ‘कुनै आपराधिक घटना हुँदा पनि तत्काल उपस्थित हुने अवस्था छैन ।’ 

 आपराधिक एवं असुरक्षा बढाउने गतिविधि नियन्त्रण गर्नका लागि प्रहरी तत्काल घटनास्थलमा उपस्थित हुन हम्मेहम्मै भइरहेको प्रहरी अधिकृतहरूको गुनासो छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले प्रहरीलाई घटना स्थलमा पुग्न असहज वातावरण सिर्जना भइरहेको बताए । 

काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्जलगायतका मुख्य सहरहरूमा सबैभन्दा बढी क्षति प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार आगजनीमा जलेका सवारी साधन मध्ये अधिकांश कार्यालयमा तैनाथ गस्ती र उद्धार प्रयोजनका मोटरसाइकल, जीप र ट्रक छन् । प्रहरीले क्षतिको पूर्ण मूल्याङ्कन गरी आवश्यक पुनर्निर्माण तथा प्रतिस्थापन योजनाको तयारी गरिरहेको प्रवक्ता घिमिरेको भनाइ छ । 

आर्थिक वर्ष ०८२/८३ को बजेटमा प्रहरीका लागि सवारी साधन खरिदका लागि ७५ वटा सवारी साधन खरिद गर्ने पुग्न रकम छुट्याइसकेको उनले जानकारी दिए । प्रहरीले आफूलाई आवश्यक सवारी साधन खरिदका लागि गृहमा आवश्यक सामग्रीको विवरणसहित पेस समेत गरिसकेको प्रवक्ता घिमिरेले बैंकिङ्ग समाचारलाई बताए । 

प्रवक्ता घिमिरेका अनुसार करिब पाँच सय नयाँ गाडी खरिद गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको छ । ७५ वटा गाडी विनियोजित बजेटअनुसार किन्ने प्रक्रिया अघि बढिसकेको छ । जसमा अर्थ मन्त्रालयले समेत प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जलेका सवारी साधन पुनः खरिद गर्न स्रोत सहमति दिएको छ । जेनजी आन्दोलनले प्रहरीको सवारी साधन नष्ट भएपछि प्रहरीले निर्वाचनका लागि भन्दै ७ सय भन्दा बढी गाडी खरिद गर्न प्रस्ताव राखेको थियो ।

साथै, जेनजी आन्दोलनका क्रममा अन्य सरकारी निकायहरूका ६ सयभन्दा बढी सवारी साधनमा समेत धेरै क्षति भएको थियो । ती सवारी साधन सहरी विकास मन्त्रालयले सबै क्षेत्रबाट उठाएर नयाँ बानेश्वरस्थित संसद् भवन हाताभित्र थन्क्याएको छ । ठुलो धनराशि खर्चिएर खरिद गरेको सवारी साधन कवाडी मूल्यमा बिक्री गर्नुपर्ने अवस्थामा पुगेको छ ।

प्रहरीले जिप ५० वटा, डबल पिक्याप ३ सय ८५ वटा, भ्यान २ सय १७ वटा, ट्रक ४० वटा, बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले सीमित बजेटका कारणले गर्दा एउटै स्वरूपको पिकअप खरिद गर्ने निर्देशन दिएको छ । मन्त्रालयले प्रति गाडी ५० लाख रुपैयाँभन्दा बढी नबढ्ने गरी मात्र खरिद गर्न नेपाल प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । पहिलो चरणमा कुल २ सय ५१ वटा गाडी खरिद गर्न अनुमति दिइएको छ । प्रहरीलाई १ सय ७५, सशस्त्र प्रहरीलाई ७० र राष्ट्रिय अनुसन्धान विभागलाई ६ वटा गाडी खरिद गर्न सकिन्छ ।

साथै, जेनजी आन्दोलनका क्रममा अन्य सरकारी निकायहरूका ६ सयभन्दा बढी सवारी साधनमा समेत धेरै क्षति भएको थियो । ती सवारी साधन सहरी विकास मन्त्रालयले सबै क्षेत्रबाट उठाएर नयाँ बानेश्वरस्थित संसद् भवन हाताभित्र थन्क्याएको छ । ठुलो धनराशि खर्चिएर खरिद गरेको सवारी साधन कवाडी मूल्यमा बिक्री गर्नुपर्ने अवस्थामा पुगेको छ ।

जेनजी आन्दोलनका क्रममा प्राय सबै जसो नै क्षेत्रहरू प्रभावित भएका थिए । तर, सबैभन्दा बढी क्षति प्रहरीले भोग्नुप¥यो । प्रहरीको भवनमा आगजनी गरिएको थियो । त्यस्तै, आन्दोलनका क्रममा प्रहरीका सयौँ सवारीसाधन क्षतिग्रस्त भएका छन्, भने विभिन्न स्थानका प्रहरी भवनमा समेत आगजनी भएको थियो । साथै, तीन जना प्रहरी अधिकृतको बीभत्स हत्या गरिएको थियो ।