काठमाडौं – हायात होटल बन्दको सूचनापछि लगानीकर्ता अतालिएका छन् । तिहारलगत्तै खुलेको पहिलो नेप्से कारोबारमा तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य घटेर उच्च गिरावट आएको हो ।
प्रतिकित्ता ७९.६ रुपैयाँले घटेर तारागाउँ सात सय १६ रुपैयाँ कायम भएको छ । तारागाउँमा ६९.१५ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा छ । हायातले विज्ञप्ति जारी गर्दै गत भदौ २४ गतेको प्रदर्शनमा तोडफोड भएकाले सेवा बन्द गर्नुपरेको बताएको थियो ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएपछि अर्थमन्त्री रामेश्वर खनालले व्यवस्थापनसँग वार्ता गरेको थियो । यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्दैछ ।



About Us
प्रतिक्रिया