काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका–७ जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा सोही उपमहानगरपालिका–६ बस्ने २७ वर्षीय विष्णु शर्मा लगायत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया