नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ


बैकिङ्ग समाचार,काठमाडौं । 

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । सोमबार छानबिनका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले उनिहरुलाईं पक्राउ गरेको हो । 

नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकको विभिन्न शाखामा कार्यरत कर्मचारी ६ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् ।

उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेको छ ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।