काठमाडौं – कोभिडकालमा प्रभावित अटो बजारमा पुनरुत्थान भएर ‘एक्सिलेटर’ बढ्नै लाग्दा फेरि ब्रेक लागेको छ । दसैंअगाडि अटोमोबाइल्स क्षेत्रको कुम्भ मेलामार्फत आफूलाई कोभिडको लामो समयपछि ‘कमब्याक’ गरेको थियो । तर, गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि अटो क्षेत्र पुनः प्रभावित भएको छ । देशभर विभिन्न स्थानमा रहेको अटो शोरुमहरूमा आगजनी तथा तोडफोड हुँदा अटोमोबाइल्स क्षेत्र गम्भीर रूपमा प्रभावित बनेको हो ।
जसमा अटो क्षेत्रले गम्भीर क्षति व्यहोर्नुपर्याे । जेनजी आन्दोलनका कारण अटो शोहरूमा बुकिङ्ग भएका गाडीहरू समेत रद्द भएका छन् । दसैंको समयमा बिक्री गर्ने लक्ष्यसहित व्यवसायीले आयात गरेको गाडी थन्किएर बसेको नेपाल अटोमोबाइल्स एशोसिएसन नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
युवा पुस्ताको नेतृत्वमा भएको यो आन्दोलनले आर्थिक असमानता र नेतामा छोराछोरीले पाउने सुविधाविरुद्ध माग राख्दै आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा भएको घुसपैठले काठमाडौं उपत्यका सहित देशभर तोडफोड र आगजनी गरेको थियो । यसैक्रममा अटो क्षेत्र पनि प्रभावित बनेको हो।
आन्दोलनका क्रममा मुलुकको आर्थिक क्षेत्रमा झन्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आक्रमण भयो । जसको प्रत्यक्ष प्रभाव देशको समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जेनजी आन्दोलनका कारण देशभरबाट करिब ८० अर्बको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको छ ।
जसमा अटो क्षेत्रले गम्भीर क्षति व्यहोर्नुपर्याे । जेनजी आन्दोलनका कारण अटो शोहरूमा बुकिङ्ग भएका गाडीहरू समेत रद्द भएका छन् । दसैंको समयमा बिक्री गर्ने लक्ष्यसहित व्यवसायीले आयात गरेको गाडी थन्किएर बसेको नेपाल अटोमोबाइल्स एशोसिएसन नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
उनले दुई पाङ्ग्रे सवारीसाधनमा खासै असर नपरे पनि चार पाङ्ग्रे सवारीसाधन खरिद बिक्रीमा जेनजी आन्दोलनको असर देखिएको बताए । ‘जेनजी आन्दोलनका कारण अटो व्यवसाय निकै प्रभावित बन्न पुग्यो’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘हालसम्म आयात भएका सवारीसाधन मंसिरसम्ममा बेचिसक्नुपर्ने थियो । तर, हालसम्म २५ प्रतिशत पनि बिक्री भएको छैन ।’ पूर्व अध्यक्ष थापा ५० लाख माथिका गाडीहरू बिक्री तथा बुकिङ नहुँदा अटो व्यवसायमा अन्यौलता रहेको बताउँछन् । उनले अहिले ग्राहकले पनि बुकिङ होल्ड गरेको बताए ।
आन्दोलनका क्रममा मुलुकको आर्थिक क्षेत्रमा झन्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आक्रमण भयो । जसको प्रत्यक्ष प्रभाव देशको समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको हो ।
अटो व्यवसायीहरूकाअनुसार अटो क्षेत्रमा नै दुईवटा संगठन हुँदा आन्दोलनका कारण क्षतिको गर्न भने सकिएको छैन । यता गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको क्षतिको हालसम्म २३ अर्ब १९ करोड ३६ लाख बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांङ्कअनुसार असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख बराबरको रकम दाबी भुक्तानी गरिसकेका छन् । जसमा पनि कुल दावीमध्ये मोटर बीमामा दुई हजार २५६ छन् ।
आन्दोलनका क्रममा महँगा गाडी जलेका कारण पनि उपभोक्ता केही पछि हटेको वयवसायीहरू बताउँछन् । यता, हालसम्म आयात भएका सवारीसाधन मंसिरसम्म ५० प्रतिशत हाराहारी बिक्री नभए अटो क्षेत्रमा मन्दी सुरु हुन सक्ने आंकलन सुरु भएको छ । यता, व्यवसायीहरूले सरकारले पनि व्यवसायीको समस्यालाई बुझेर कर छुट, ऋण पुनर्संरचनाको व्यवस्था गर्नुपर्ने बताए ।
दसैं तिहार व्यापार ठप्प
दसैं तिहार नेपालको अटो क्षेत्रको सबैभन्दा व्यस्त समय मानिन्छ । तर, यस वर्ष जेनजी आन्दोलनका कारण ग्राहकमा परेको मनोवैज्ञानिक असरका कारण भने दसैं तिहार पनि अटो क्षेत्रको लागी सुखदको समय बन्न सकेन । विगतका वर्षहरूमा दसैं तिहारमा ४०–५० प्रतिशत गाडीहरू बिक्री हुने गर्थ्यो ।
तिहारमा पनि अपेक्षित व्यापार नभएको गुनासो गरे । ‘तिहार सुरु भइसकेको छ । दसैंमा व्यापार नभएपनि तिहारमा केही हुन्छ भन्ने अपेक्षा थियो । तर, तिहारमा पनि बिक्री भएन,’ गोल्छाले भने । उनले गत भदौमा भएको जेनजी आन्दोलनले अटो क्षेत्रमा प्रत्यक्ष असर पारेको बताए ।
तिहारमा पनि अपेक्षित व्यापार नभएको गुनासो गरे । ‘तिहार सुरु भइसकेको छ । दसैंमा व्यापार नभएपनि तिहारमा केही हुन्छ भन्ने अपेक्षा थियो । तर, तिहारमा पनि बिक्री भएन,’ गोल्छाले भने । उनले गत भदौमा भएको जेनजी आन्दोलनले अटो क्षेत्रमा प्रत्यक्ष असर पारेको बताए ।
यता, लामो समयदेखिको आर्थिक मन्दी झेलेर बिस्तारै लयमा फर्किरहेको अटो क्षेत्रमा जेनजी आन्दोलनले पुर्याएको क्षतिका कारण अब फेरी लयमा फर्किन कम्तीमा पनि एक वर्ष जसो लाग्ने यस क्षेत्रका विज्ञहरूको विश्लेषण छ ।






About Us
प्रतिक्रिया