काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० बसपार्क गुम्बा नजिक सोही ठाउँ बस्ने ३५ वर्षीय हिरालाल मोक्तानले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ११ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६ हजार ३ सय १० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।



About Us
प्रतिक्रिया