सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने ८ जना प्रतिवादीविरुद्ध आरोपपत्र दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका वडा नं.९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको आरोपमा वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जना प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार, सोही वडामा मृत्यु दर्ता भएका व्यक्तिहरूको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, जम्मा ६८३ लाभग्राहीको अभिलेख प्रतिवादीहरूले आफैँ औँठाछाप लगाई प्रमाणित गरेको र नवीकरण नगरी भत्ता निकासा गरेको पाइएको छ।

यसबाट प्रतिवादीहरूले आफैलाई लाभ लिँदै गाउँपालिका र नेपाल सरकारलाई ठुलो आर्थिक हानी पुर्‍याएको अख्तियारले जनाएको छ । प्रहरीले विगतमा उजुरीका आधारमा अनुसन्धान गर्दा वडा सचिव प्रेम बहादुर बुढाले समेत मृत्युपश्चात् दर्जनौँ व्यक्तिको नाममा भत्ता वितरण गरेको र एउटै नाममा दोहोर्‍याएर लाखौँ रुपैयाँ अपचलन गरेको खुलासा गरेको छ।