काठमाडौं – सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले पनि डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ। कुल बक्यौता ५ करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको हाे ।
यसअगाडि सिमरामै सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेको थियाे । उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाइसेकाे छ ।
यसैगरी, १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको सिमराकै अर्को अशोक स्टीलले पनि पहिलो किस्ता बुझाइसकेकाे छ।अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएकाे हाे ।






About Us
प्रतिक्रिया