सुन तस्करी प्रकरणमा व्यवसायी राकेशकुमार अडुकियाका छोरा रोहन पक्राउ

सुन तस्करी प्रकरणमा व्यवसायी राकेशकुमार अडुकियाका छोरा रोहन पक्राउ


बैकिङ्ग समाचार,काठमाडौ । 

सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेर राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको जनाइएको छ । उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए ।

नेपाल प्रहरीका अनुसार रोहनको पासपोर्ट कालोसूचीमा रहेकाले उनलाई अध्यागनमले नियन्त्रण गरेर राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

एक क्विन्टल बढी सुन तस्करी प्रकरणमा रोहनका बुवा राकेशमाथि अनुसन्धान जारी छ ।

रोहन डिजिटल वालेट एनक्यासका सञ्चालक हुन् । नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक राकेशले गतवर्ष दुई सय १२ पटक संयुक्त अरब एमिरेट्स (यूएई) र हङकङको यात्रा गरेको पाइएको थियो । अडुकिया बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स, गाडी, हर्बल व्यवसायी हुन् ।

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

यो प्रकरणमा २३ जना पक्राउ परिसकेका छन् ।