काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४० जना जुवाडेलाई पक्राउ गरेको छ । ४० जनामध्ये लमजुङबाट १६ जना जुवाडे पक्राउ परेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका–६ मिलनचोक बस्ने ५३ वर्षीय रूक बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा रूक बहादुर समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– २ बस्ने ३२ वर्षीय लक्ष्मण गिरी समेत १७ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी उनीहरूलाई नगद २ लाख ५४ हजार २ सय रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ बस्ने ५८ वर्षीय कुबेर रेउलेको घरमा जुवातास खेलिरहेको अवस्थामा कुबेर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका– ८ खजुरा बस्ने ५१ वर्षीय रूद्र प्रसाद खनालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूद्र प्रसाद समेत ७ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ४० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया