तीन लाखको पटकासहित एक जना पक्राउ


काठमाडौं – झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजार बस्ने रमेश खनाललाई करिब ३ लाख रुपैयाँ बराबरका पटका सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले रमेशले सोही ठाउँस्थित सञ्चालन गरेको कोल्ड सेन्टरको गोदाम तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।