साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा


बैकिङ्ग समाचार,काठमाडौं ।

साझा भण्डार सहकारी संस्था लिमिटेडका भोटाहिटीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका सदस्यहरूसमेत ९ जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  

तत्कालीन अध्यक्ष जयकुमार खड्का,सञ्चालक समितिका तत्कालीन सदस्य आत्मराम राजवंशी,सुवर्ण मानन्धर,लक्ष्मण थापा,भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 
उनका अनसार तत्कालीन सदस्य योगेन्द्र कर्माचार्य,दैलेख घर भइ हाल काठमाडौंको टोखा ३ मा बस्ने  गीताकुमारी शाही र बाँके कोहलपुर–११ का सुरोज गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरूले उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पु¥याइ भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ । काठमाडौंको भोटाहिटीमा रहेको साझा भण्डार सहकारी संस्था लिमिटेडको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०–२–० को जग्गा र बाँकेको कोहलपुरको क्षेत्रफल ०–२–१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा उनीहरूले बिक्री गरेको पाइएको छ ।