भरुवा बन्दुकसहित चार जना पक्राउ


काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका– १ बोजिनीबाट भरुवा बन्दुक १ थान सहित ४ जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।